
धम्मपद शृङ्खला -२६
अप्रवाद वर्ग
२६. पमादमनुयुञ्जन्ति बाला दुम्मेधिनो जना ।
अप्पमादं च मेधावी धनं सेट्ठे व रक्खति ॥ ६ ॥
मूर्ख तथा दुर्बुद्धियुक्त मानिसले प्रमादमा मन लगाउँछन्।मेधावी मानिसले अप्रमादलाई त्यसरी नै रक्षा गर्दछ, जसरी बहुमूल्य धनको रक्षा गरिन्छ ।








