
गोरखा । नेकपा एमालेले गोरखाको क्षेत्र नम्बर २ बाट ले प्रतिनिधिसभा निर्वाचनका लागि चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाएको छ ।
जिल्ला कमिटीले गुरुङसहित बाबुराम थापा र शशिकला पोखरेललाई सिफारिस गरेकोमा सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यस पटक भने प्रचण्ड सो क्षेत्र छोडेर रुकुम पूर्वबाट उम्मेदवार बन्दैछन् ।
यस क्षेत्रबाट जेनजी अभियन्ता सुदन गुरुङ उम्मेदवार बन्ने चर्चा रहेको छ ।
