काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।
सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।
तीमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ।

