
काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ।
बुधबार बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
भृकुटीमण्डपको कांग्रेस विशेष महाधिवेशन नेतृत्व चयनमा अघि बढेपछि संस्थापन पक्षले मंगलबार बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको थियो।
विशेष महाधिवेशन पक्षसँग संवाद अघि बढेपछि बिहान बस्ने तय भएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।
लाजिम्पाटको एक घरमा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच बैठक लम्बिएपछि दिउँसो १ बजे पनि बैठक बस्न सकेन।




