
काठमाडौं।गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फिल्मकर्मी राजेश घतानीले जानकारी दिए।
दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।
तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।
इन्डियन आइडल सिजन ३ विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने गोर्खा पल्टन,परदेशी, परदेशी-२ हिट नेपाली फिल्महरुमा अभिनय समेत छन्।




