
भक्तपूर। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।
भक्तपूरको गुण्डुमा शुरु भएको उक्त बैठकमा पाटी अध्यक्ष केपी शर्मा ओली पिताको शोककै अबस्थामा पनि उपस्थित भएका छन् ।अध्यक्ष ओलीका बाबु मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउने विषयमा छलफल हुँदैछ ।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेकोले उक्त विषय बैठकको एजेण्डा नै भएको बताइएको छ ।
