
काठमाडौं। बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् ।
उनी बिहीबार एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् ।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनलाई क्यासिनोका कर्मचारी तथा आयोजकले ढाकाटोपी लगाइदिएका थिए ।
आयोजकका अनुसार सञ्जय दत्त दरबारमार्गमा सञ्चालनमा आउन लागेको नयाँ क्यासिनोको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सहभागी हुनेछन् । बिहीबार राति क्यासिनोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
सञ्जयदत्त शुक्रबार भारत फर्कनेछन् ।
