
काठमाडौं ।कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको दुखद खबर छ ।
उहाँ विगत दुई महिनादेखि कलेजो सम्बन्धी रोगको त्रिभुवन विश्व विद्यालय महाराजगञ्जमा उपचार गराईरहनु भएको थियो ।
उहाँको दाहसंस्कार भोलि बिहान ९ बजे पशुपति आर्यघाटमा गरिने जानकारी उहाँका भतिजा युवराज शर्माले इखवर नेटलाई जानकारी दिनुभयो ।
मृतकका भतिज युवराज शर्माका अनुसार ईश्वरीप्रसाद बेलवासेको एक श्रीमती र तीन छोरा मध्ये ठाकुर बेलवासे कान्छो छोरा हुनुहुन्छ ।
