
दक्षिणकाली,काठमाडौं।प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल दक्षिणकाली नगर एकाइ समितिको आयोजनामा अरुणोदय मावि फर्पिङमा मेरो देश: मेर जिम्मेवारी शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना भयो । शिखरापुर स्कुलका लसता महर्जन,स्नेहा मगर,सम्पदा नेपाली, डिकेश दुलाल, अरुणोदय माविका बिनिता गिरी, गुराँस परियार, फर्पिङ माविकी सोनिया श्रेष्ठ सहभागी थिए।
अरुणोदय माविका प्रधानाध्यापक डिल्लीराज पन्तको प्रमुख आतिथ्य, डा .शेखरकुमार श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न भएको थियोे ।
प्रमुख अतिथिले उक्त कार्यक्रम परिषद् नगर् एकाइ समितिका कार्यक्रम संयोजक आदित्य पुडासैनीको सभाध्यक्ष स्वतीको तस्बिरमा माल्यार्पणगरी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
प्रतियोगितामा शिखरापुर स्कुलका विद्यार्थी सम्झना हमाल प्रथम शिखरापुरका विद्यार्थी सम्पदा नेपाली द्वितीय र अरुणोदय माविका विद्यार्थी बिनिता गिरी तृतीय र फर्पिङ माविका सोनिया श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी विद्यार्थीलाई प्रमुख अतिथि पन्तले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा परिषद्का सदस्य सर्वज्ञ लामा निर्णायक मण्डलका यज्ञप्रसाद गैरे, विशिष्ट अतिथि डा.शेखरकुमार श्रेष्ठ र प्रमुख अतिथि प्रधानाध्यापक पन्तले थिए।
उक्त कार्यक्रम परिषद् नगर् एकाइ समितिका कार्यक्रम संयोजक आदित्य पुडासैनीको अध्यक्षता तथा प्राज्ञिक परिषद्का मिडिया चिफ छवि लोप्चनको उद्घोषणमा कार्यक्रम भएको थियो ।






