
काठमाडौं। उपन्यासकार डा धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ लोकार्पण भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा कवि श्यामल, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षा र उपन्यासकार सापकोटाले कृति लोकार्पण गरे ।
यौन मनोविज्ञानमा आधारित यस उपन्यासमाथि समीक्षक राजकुमार बानियाँ र सुमन वर्षाले टिप्पणी गरे ।



