काठमाडौं।हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
।




