
पुष १६
क्लिष्ट मनस् लाई क्लेशयुक्त चित्तका रूपमा चिनिन्छ। तैपनि यसमा सबै प्रकारका मानसिक क्लेशहरू समावेश हुँदैनन्। यहाँ आसक्ति, क्रोध, आलस्य वा यस्तै अन्य क्लेशहरूको चर्चा गरिएको होइन, बरु ती क्लेशहरूलाई मात्र संकेत गरिएको हो जुन ‘आत्मग्राह’ (म, मेरो, आत्मा भन्नेमा पकड) को श्रेणीमा पर्दछन्। यसलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ: पुद्गल-आत्मग्राह (व्यक्तिको आत्मा छ भन्ने धारणा) र धर्म-आत्मग्रह (वस्तु वा घटनाको आफ्नै स्वतन्त्र अस्तित्व वा स्वभाव छ भन्ने धारणा)।
— एभ्रिडे कन्ससनेस एन्ड बुद्ध–अवेकनिङ, पृष्ठ ३२ बाट








