
पुष ८, ध्यान अभ्यास गर्नेबेला हाम्रो उद्देश्य चित्तलाई स्थिर राख्ने र विचारहरूको बहकाउ वा प्रभावमा पर्नबाट जोगाउने हुन्छ। यसबाट हाम्रो चित्त शान्त हुन्छ र वशमा रहन्छ। चित्त शान्त भयो भने यथार्थलाई तत्काल र प्रत्यक्ष रूपमा जान्न सकिन्छ प्रज्ञा छिटो विकसित हुन थाल्छ। यसप्रकार ध्यानबाट विकसित हुने प्रज्ञालाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ६३ बाट








