
काठमाडौं। आज मात्र निवृत्त भएका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।

साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।




