काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन्।
शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्कीले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।
करिब एक घन्टा चलेको बैठकमा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए।
छलफल क्रममा प्रधानमन्त्री कार्कीले चुनावबारे दलहरू स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन्।
महामन्त्रीद्वयले कांग्रेसले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताएका थिए।
प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन्।




