
काठमाडौँ । क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी गायिका केटी पेरीबीचको प्रेम सम्बन्ध फेरी चर्चामा आएको छ । एक विलासी याटमा दुवैले एक अर्कालाई किस गरिरहेको तस्बीर सार्बजनिक भएपछि दुवैको प्रेम चर्चामा रहेको हो । हाल सार्बजनिक भएका यी तस्बिरहरू गत महिनाका भएको भनिएको छ ।
डेली मेलका अनुसार, उनीहरू दुई जना क्यालिफोर्नियाको सान्ता बारबराको तटमा केटीको २४ मिटर लामो याटमा थिए । घटनास्थलमा उपस्थित एक व्यक्तिले केटीको याट नजिकैको सानो सार्वजनिक ह्वेल हेर्ने डुङ्गाको नजिक पुगेको थियो र ट्रुडो र पेरीले सँगै समय बिताएका थिए ।
ट्रुडोले २०२३ मा आफ्नी श्रीमती सोफीसँगको १८ वर्षको वैवाहिक सम्बन्ध समाप्त गरेका थिए भने केटी पेरीले यस वर्षको सुरुमा अभिनेता ओर्लान्डो ब्लूमसँग सम्बन्ध तोडेकी थिइन् । पेरीको ब्रेकअप भएको केही दिनपछि ट्रुडोसँगको अफेयरको हल्ला बाहिर आएको थियो । यस वर्षको जुलाईमा, पेरी र ट्रुडोसँगै डिनर गरिरहेको भिडियो बाहिर आएको थियो ।
केटी पेरी र अभिनेता ओर्लान्डो ब्लूमको सम्बन्ध २०१६ मा गोल्डेन ग्लोब्स आफ्टर-पार्टीबाट सुरु भएको थियो । २०१७ मा उनीहरूको छोटो सम्बन्ध विच्छेद भयो, तर २०१८ मा फेरि डेटिङ सुरु गरे । त्यसपछि २०१९ मा भ्यालेन्टाइन डेमा उनीहरूले इन्गेजमेन्ट पनि गरे । त्यसपछि २०२० मा उनीहरूको एक छोरी जन्मियो, तर उनीहरूले विवाह भने गरेनन् ।








