
भक्तपूर।नेकपा(एमाले)को सचिवालय बैठक सुरू भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक सुरू भएको हो।
शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो।
तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो।
आज सुरू भएको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन्।
