
काभ्रे । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका साना साना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।
अरनिको राजमार्गको धुलिखेल–खावा, पकुचालगायत निकै ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो । बाढी तथा पहिरोका कारण शनिवार बिहानैदेखि यो सडकमा यातायात बन्द गरिएको थियो ।
अहिले सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका जिल्लाबाट गाडीहरु नियमित आवतजावत गर्दैछन् ।
