
काठमाडौं।काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ ।
गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो ।
जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो।
अदालतले सरोकारवाला र सेवाग्रहीले पाएको असुविधाको लागि दु:ख समेत व्यक्त गरेको छ ।



