
काठमाडौं । नेकपा एमालेले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितिबाट नेकपा एमाले गम्भीर र संवेदनशील बनेको भन्दै महासचिव शंकर पोखरेलद्धारा जारी वक्तव्यमा एमालेका धारणाहरु सार्वजनिक गरिएको छ ।


मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टीको वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
‘यस्तो विषय परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ । स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौं ।’
प्रधानमन्त्रीले राजीनामा दिइसकेको अबस्थामा जनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा एमालेले जोड दिएको छ ।
