
काठमाडौं।ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई सामाजिक सञ्जाल प्रतिबन्ध उल्लंघन गरेको आरोपमा घरमै नजरबन्दमा राख्ने आदेश दिएका छन् ।
सोमबार आएको यो निर्णयले अदालत र दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोबीचको तनावलाई झन् चर्काएको समाचार संस्था एएफपीले जनाएको छ ।
बोल्सोनारोलाई सन् २०२२ मा वामपन्थी उमेदवार लुइज इनासियो लुला दा सिल्भासँगको निर्वाचनमा पराजयपछि सत्ता कब्जा गर्ने योजना बनाएको आरोप लागेको छ ।


