
काठमाडौं। नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
गौतमका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका छन् ।
