
काठमाडौं।अभिनेता विल्सन विक्रम राईले फिल्म “मैझारो” को छायांकन सुरू गरेका छन्।
बिहीबार नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट फिल्मको छायांकन सुरू गरिएको हो। ुतक्मे बुढाु नामबाट चर्चित विल्सनको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ।
पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाएर फिल्म निर्माण हुने निर्देशक राईले जानकारी दिए। राई स्वयंले फिल्मको कथा, पटकथा र निर्देशन गर्ने बताइएको छ ।
फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय रहनेछ।
सौरभ लामाको छायांकन रहेको चलचित्रको संगीत अनमोल गुरूङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्मका गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङलगायतले स्वर दिनेछन्।




