
मानवको जीवन चर्यामा आउने आर्थिक पक्षको सवलताले जीवनलाई हरेक कोणबाट सफल बनाउन मद्दत हुने भएबाट यसको सहि सदुपयोगबाट जीवन सहज भै इज्जत र प्रतिस्थामा पनि बृध्दि हुन गई आनन्दी तथा सुखीमय रहन्छ। तसर्थ आफूलाई दक्ष तथा शीप सम्पन तुल्याउन सकिएमा सहज ढंगले नै काम पाई आर्थिक उन्नति गर्न सकिने भएबाट निरालसी तथा मेहनति भै सम्यक आजिविका ग्रहण गरी जीवनयापन गर्नु पर्ने शिक्षा बुध्द शासनमा उल्लेख्य भेटिन्छ ।
बुद्धकालिन समाजमा व्याप्त विसंगति तथा विकृतिले जगडिएको समाजमा कल्याण आकांक्षा सहितको मंगल कर्मकार्यको बारेमा धेरै नै बहस भइरहेको सन्दर्भमा सो बहस बुद्ध समक्ष पुगेपछि बुद्धले ३८ वटा मंगल कार्य गरेमा सर्वत्र अपराजित भई सर्वत्र कल्याण हुनेछ भनी बताएको मध्ये बहुश्रुत हुने शील्प विद्यामा पारंगत हुनु मंगल कार्य हुनु भनी सीपलाई मंगल सुत्तमा महत्व दिई उल्लेख गरिएको छ ।
त्यसै गरी छोराछोरीको जीवन सुखमय होस भनी आमाबाबुले उनीहरुलाई शीप सिकाउनु पर्छ भनी सिगालोवाद सुत्तमा उल्लेख गरेको पाईन्छ ।जनसन्ध बोधिसत्व राजा भएपछि एक दिन पूर्णिमाको उपोसथको दिनमा उपोसथव्रत धारणा गरी जनताको कल्याणको लागि १० वटा कर्तव्य पालना गर्नुपर्ने धर्म देशना भएको थियो । जसमध्ये कुनै पनि व्यक्तिले समयमा नै गर्नुपर्ने काम वा सम्पत्ति आर्जन नगरेमा कामबाट बञ्चित भएमा पश्चाताप गर्नुपर्ने हुन्छ भनी पहिलो बुँदामा उल्लेख गरेको छ । त्यसै गरी समयमा नै सामर्थ हुँदा शीप दक्षता विकास गर्न सकेन भने पश्चाताप गर्नु पर्ने हुन्छ भनी दोस्रो बुँदामा उल्लेख गरेको छ । शाक्यमुनि बुद्धको पूर्व जन्मको बारेमा उल्लेख गरेको धम देशना (जातक) जनसन्ध जातक कथामा शीपलाई जोड दिइएको पाइन्छ ।
जसोतसो सिल्प सिकेकाले राजाको बोलावतमा सिल्पविद्याको उपयोग गरी राजाको इच्छा पूर्ण गरे पश्चात् राजाबाट कुँवेदेले चारै दिशाको लाखौं आम्दानी हुने गाउँ उपहार पाएको उल्लेख सालितक जातकमा पाईन्छ ।जीवक कुमारभृत्य अर्थात जीवक वैद्य (जो बाबुको ठेगान नभएर राजा बिम्बिसारका गणिका सालवतिले आफू गर्भवति हुँदा समेत गोप्य राखी पछि छोरा पाएकोले पाल्न गा¥हो हुने महसुस गरी जन्मे लगतै दाशी मार्फत फाल्न लगाएका थिए)ले तक्षशिलामा औषधि विज्ञान विषयमा अध्ययन गरी मगध राजा बिम्बिसारका राजबैद्य, राजा तथा थुप्रै सेठहरुको उपचार बापत नगद सहित धेरै सम्पतिे प्राप्त गरेको उल्लेख छ ।
उगह मेण्दकका नातिले विवाह हुन लागेका आफ्ना कुमारीहरुलाई उपदेशका लागि आग्रह गर्दा भद्दियस्थित जातिय वनमा बुध्दले पाच वट्टा शिक्षा मध्ये सीप र दक्षताको विषय रहेको थियो ।
जस्मा बुध्दले विवाह भएर जाने कुमारीहरुले आफ्ना पतिका जुन गृहकार्य गर्नुपर्ने हुन्छ जस्तो कि उसको काम , कपासको काम वा अन्य कुनै पनि काममा दक्षता भएको हुन्छ निरालस हुन्छ, यथोचित उपाय तथा विचार पुर्यांउछु अनि व्यवस्थापन कार्यमा समर्थवान हुन्छु भनि शिक्षा लिनु पर्ने उपदेश दिएको अंगुतर निकायमा उल्लेख छ ।
राज्यमा अपराधको मूल जड नै आर्थिक विपन्नता वा गरीवी भएको कारण अपराधिलाई दण्ड दिएर अपराध नियन्त्रण नहुने चक्कवत्ति सिंहनाद सुत्तमा उल्लेख गरिएको छ । जति दण्ड दियो उत्तिनै नयाँ प्रकारले अपराधको जुक्ति अपनाई अर्कै ढंगले अपराध गर्दछ । तसर्थ अपराधिलाई उचित शीपको ज्ञान दिएर राज्यले आर्थिक लगानी गरी रोजगारी सृजना गर्नुपर्ने उल्लेख गरेको पाइन्छ । तसर्थ शीपको ज्ञान सहित आर्थिक अनुदान समेत राज्यबाट भई उचित तवरले रोजगारी सृजना गरी कुशल धर्म ग्रहण सहित आर्थिक व्यवसायमा व्यष्ट गर्न सकेमा गरिवी निवारणको साथै अपराध गर्ने समय सोच वा क्रियाकलापको मनस्थिति नै सृजना नहुने ठोकुवा समेत गर्न सकिन्छ ।
निरालसी भई उचित कार्य गर्नेले मेहनत गरेमा धन लाभ हुन्छ भनी आलवक सुत्तमा उल्लेख गरिएको छ । तसर्थ अल्छि एवं कर्ममा विश्वास नगरी भाग्यवादमा रमाउने गर्दा जीवन दुःखदायि हुने उल्लेख गरी श्रम र शीप सहितको उद्योगमा धैर्यवान भएर लाग्नु पर्ने शिक्षा दिएको पाईन्छ ।
त्यस्तै उद्योगी तथा जागृत भई असल काम सफलतापूर्वक गर्नेलाई धार्मिक जिविका गरी इन्द्रीय संयम गरी अप्रमादि हुनेको यस वृद्धि हुन्छ । र आलसी उत्साहिन भएर सयौं वर्षसम्म बाँच्नुभन्दा दृढ उद्योगी भएर एक दिन बाँच्नु नै श्रेष्ठ कल्याण हो भनी श्रम तथा शीप र मेहनतलाई जोड दिइएको छ ।
शाक्यमुनि बुद्धद्वारा आलवि नगरमा धर्म देशना दिई रहेको बेला एक गरीव श्रद्धालु उपासक भोको पेटमा उपदेश सुन्न आएको प्रसंगमा बुद्धद्वारा भोको मानिसलाई पेट भर्ने गरी भोजन आव्हान गरी उक्त व्यक्तिले भोजन पश्चात् मात्र उपदेश राम्ररी ग्रहण गरेको वर्णन उल्लेख छ । बुद्धद्वारा भोक जतिको ठूलो रोग अरु छैन, संस्कार (पञ्चस्कण्ध) जतिको ठूलो दुःख अरु छैन भनी उपदेश दिएको थियो । जीवनको हरेक पक्षमा आर्थिक सवलताको प्रमुख भुमिका रहेको हुन्छ। गरीवीको कारणले भोको पेट रहेकोले धर्म श्रवणमा समेत वाधा पुग्ने यथार्तता औल्याएको छ । आर्थिक पक्ष सवल भए गरीवीको कारणले भोको पेट पाल्नु नपर्ने यसको पाठ रहेको छ । अतः आफूलाई दक्ष तथा शीप सम्पन तुल्याई मेहनत गरी आर्थिक पक्ष सवल बनाउनु पर्नेमा जोड दिएको छ ।
शाक्यमुनि बुद्धद्वारा एक समय कोलिया स्थित ककरपत भन्ने स्थानमा बसिरहेको बेला दीघजानु (ब्यग्घपज्ज) भन्ने गृहष्ठिले के गर्दा हामीलाई यस लोक तथा परलोकमा समेत हितकर वा सुखकर हुन्छ भनी सोधेको सम्बन्धमा बुद्धद्वारा उत्थान सम्पदा, आरक्ष सम्पदा, कल्याण मित्र, समजीवि सम्बन्धमा उपदेश दिएका थिए । जस मध्ये उत्थान सम्पदामा आर्थिक उपार्जन गरी सम्पन्न तथा सुखि जीवन यापनको लागि दक्ष तथा सिपयुक्त भई दृढ पर्यटन तथा सामथ्र्य र पूmर्तिवान, आलस्य रहित उपाय कुशल ढंगले दक्षचित्त भएर आफ्नो पेशामा उचित बिचार पु¥याई व्यवस्थित भएर काम गर्नु पर्दछ । यस प्रकारको कामलाई नै उत्थान सम्पदा भनिन्छ । जसबाट आर्थिक उपार्जनको उत्थान हुन्छ । त्यस प्रकारको काम कृषि, व्यापार धनुविद्या, सरकारी काम, पशुपालन वा अन्य शील्पद्वारा गरिने कार्य हुन भने आरक्ष सम्पदामा आपूmले मेहनत गरी परिश्रमबाट पसिना बगाई धर्म अनुसार कमाएको धन सम्पत्ति वा आर्थिक उपार्जनलाई रक्षा गर्नु नै आरक्ष सम्पदा हुन । राजाबाट, चोरबाट, आगोबाट, पानीबाट र खराब सन्तानबाट जोगाउनु पर्ने उल्लेख गरिएको छ ।
सध्दर्मपुन्दरीक सुत्रमा बुध्द मूर्ति बनाउनेले भविश्यमा बोधिज्ञान लाभ गर्दछ भनि उल्लेख गरिएको छ ।
तसर्थ गृहष्ठि जीवनयापनको क्रममा आवश्यकता परिपूर्तिको माध्यमको रुपमा रहेको आर्थिक अवस्थालाई सवल बनाई सोको व्यवस्थापनको पक्षको सन्दर्भमा शील पालना गरी नैतिक धरातलमा पनि उभिनु जरुरी देखिन्छ । पञ्चशील तथा सम्यक आजिविका जस्ता न्यूनतम आचरणलाई अंगिकार गरी कुशल कर्म संग्रह गर्दै सीप र दक्षता सहितको क्षमता उपयोग गरी व्यवसाय, व्यापार, उद्योगधन्दा गरी आर्थिक उपार्जन गर्नुपर्छ । जीवन निर्वाह गर्ने क्रममा हर क्षेत्रसँग आर्थिक पक्षको संलग्न हुने भएबाट गृहष्ठि जीवनमा शीपमूलक दक्ष नागरिकको साथै निरालसि, मेहनति एवं परिश्रम हुनु पर्नेमा समेत बुद्ध शिक्षाले जोड दिएको छ । अन्तमाः सफल जीवन जिई कुशल मार्गलाई दोहयाउन सकेमा मनुष्य जीवन जिउनुको सार्थकता रहन गई सुगति प्राप्त भई दुःखबाट सदाको लागि मुक्त हुने वास्तविकता नै बुद्ध शिक्षा हो ।
Historical journal vol. 15, No. 1, March. 2024, Department of History and Buddhist Studies, Patan Multiple मा प्रकाशित आर्थिक सवालमा बुद्ध शिक्षाको महत्वमा आधारित लेख हो ।







