
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल लाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डमा जारी त्रीदेशीय शृंखलाअन्तर्गत बिहीबार ग्लासगोमा अहिले भइरहेको खेलमा निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १७४ रन बनाएको हो ।
टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गर्यो ।
यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे ।
नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । शृंखलाको उपाधि जित्ने सम्भावनालाई कायम राख्न नेपाललाई आज जित आवश्यक छ ।







