
चन्द्रपूर,रौतहट । वि.सं.२०८१को माध्यामिक शिक्षा परीक्षामा चन्द्रपूरस्थित नमुना इङ्लिस आवासीय विद्यालयले विगतको वर्षझैं यसपटक पनि शतप्रतिशत विद्यार्थी उतिर्ण सहित उत्कृष्ट नतिजा निकालेको छ ।
विद्यालयका प्रधानाध्यापक लोक श्रेष्ठले जानकारी दिए अनुसार उच्चतम ३.९५ जिपिए ल्याएका विद्यार्थी सहित शतप्रतिशत विद्यार्थी उतिर्ण भएका हुन् ।
उनले यो सम्पूर्ण नतिजाको श्रेय समस्त शिक्षकपरिवार,विद्यार्थी र अभिभावकलाई दिएका छन् ।
स्मरणीय छ चन्द्रपूर न.पा.वडा नं.५ मा रहेको यो विद्यालयले विगतका वर्षहरुमा झैं यसपटक पनि आफुलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा कायमै राखेको छ ।
यहाँ अतिरिक्त क्रियाकलापहरु,आयमूलक सीपप्रदान लगायतका गतिविधिहरुमा पनि विद्यार्थीहरुलाई सरिक गराउने गरिन्छ । विद्यालयकी सञ्चालक लक्ष्मी श्रेष्ठका अनुसार बुक फ्राइडे,शिप र आत्मनिर्भरता,स्वरोजगार तर्फ प्रेरित गराउन विद्यार्थीहरुलाई विविध क्रियाकलापमा सहभागी गराउने गरिएको छ ।
उनले भनिन्-‘ विद्यार्थीहरुलाई विभिन्न विषयहरुको व्यवहारिक ज्ञान दिन विद्यालयले विभिन्न गतिविधिहरु गरिरहेको छ ।’




