काठमाडौं । सेयर बजारको नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।
कारोबार रकम भने बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढेको नेप्से ले जनाएको छ ।
९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ ।
पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ ।






