काठमाडौं ।नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै राजारानी तासको बुकमा मात्रै भेटिने बताए ।
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताउँदै भने -“केही साथी व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ । किन आन्दोलन गर्नुपर्यो अब यही भित्रबाट पुग्छ, यहाँ पुग्दैन होला अर्को चुनावमा कोसिस गर्नुस्, बहुमत ल्याउनुस् ।”
बास्कोटाले भने-“तासका बुकका राजाराजी खोजेर जिन्दगी गुजार्नुस् । बाँकी त अब कहाँबाट आउनु । राजा–राजा भनेको छ, निन्द्रा पनि नपर्लाजस्तो भइसक्यो । आउँदैन हजुर कोसिस नै नगनुुर्स, समयको बर्बादी हो ।”
माननीय बास्कोटाले सरकारका मन्त्रीहरूलाई अन्तिमपटक मन्त्री बनेको हो भन्दै प्रश्न समेत गरे।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले फोन गर्दा नउठाउने र खोज्दा नभेटिनेमन्त्रिहरुप्रति कटाक्ष गर्दै भने -“बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुस् । क्षेत्र केन्द्रित नगर्नुस् । फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन । कहाँ खोज्न जाने टुकी बालेर ?”


