
काठमाडौँ ।साहित्यकार एल बी क्षेत्रीको नविनतम संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’ हिजो सोमबार लोकार्पित भयो ।
एक समारोह बीच कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन लगायतले गरे।
कार्यक्रमका लोकार्पित कृतिबारे डा.सिर्जना शर्मा र डा.अशोक थापाले समीक्षा गरे।

कार्यक्रममा प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन, कृतिकार एल बी क्षेत्री लगायतले आआफ्नो मन्तव्य राखे ।
महिला साहित्य समूहले आयोजना गरेको उक्त कार्यक्रममा समूहका संयोजक कवि रिता खत्रीले सहजीकरण गरिन्।








