
बैशाख २४ , हामीले गुरुप्रति, धर्मप्रति र धर्म अभ्यासप्रति निष्ठा उत्पन्न गर्नुपर्छ । ध्यान साधनाका लागि निष्ठा ज्यादै महत्वपूर्ण हुन्छ । जसमा निष्ठा छ, उसले धर्मशिक्षामा दृढ विश्वास विकास गर्न सक्छ । निष्ठाको अभावमा दृढ विश्वास विकास गर्न सकिंदैन ।
( एन ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ ५१ बाट)





