
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
एमालेले जनाए अनुसार बैठक दिउँसो साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
बैठकमा पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने पनि बताइएको छ ।
एमाले अहिले जरा अभियानमा छ । उक्त अभियान बैशाख १५ सम्म चल्नेछ ।वि.सं.२०८४ मा पार्टीलाई सफल बनाउने अभियानमा एमाले सक्रिय भैरहेको छ ।



