
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
फिफाले उनीमाथि फिफाले सन् २०१५ नोभेम्बर (२०७२ कात्तिक)मा १० वर्षको प्रतिवन्ध लगाएको थियो ।थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिले ठहर गर्दै उनलाई १० वर्षे प्रतिबन्ध लगाउनुका साथै थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो ।
‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु । फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन् ।







