
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ ।
कार्यक्रमलाई ध्यानमा राख्दै आवश्यकताअनुसार सवारीसाधनलाई ट्राफिक प्रहरीले ‘डाइभर्सन’को व्यवस्था मिलाइएको जनाएको छ ।
प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ ।
आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउनेका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।






