
काठमाडौँ।निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको आयोगले जनाएको हो।
आयोगले आज एक सूचना प्रकाशित गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जानकारी दिएको छ।
यसरी पद गुमाउनेहरुमा प्रेमलाल शाह कानु- नगर प्रमुख,देवाही गोनाही नगरपालिका,रौतहट,योगेन्द्र प्रसाद सुवेदी- वडा अध्यक्ष,बेलबारी नगरपालिका–३,मोरङ,दल बहादुर राना- वडा अध्यक्ष, भेरी नगरपालिका–१०, जाजरकोट,दनेश कुमार राई- वडा अध्यक्ष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, खोटाङ,राम प्रवेश प्रसाद कुर्मी- वडा अध्यक्ष, देवाही गोनाही नगरपालिका–४,रौतहट र प्रदिप आचार्य वडा सदस्य, खोटेहाङ गाउँपालिका–४, खोटाङ रहेका छन्।
