
काठमाडौं ।काठमाडौं महानगरपालिकाले दर्ता गराएरमात्र कुकुर तथा बिरालो पाल्न आग्रह गरेको छ ।
महानगरले कुकुररबिरालोलाई माइक्रोचिप लगाएर वडा कार्यालयमा दर्ता गराएरमात्र पाल्न सूचना प्रकाशित गरेको हो ।
कुकुर र बिराला चोरी भएको, हराएको तथा छाडा छाडिएको जनगुनासो आउन थालेपछि दर्ताको व्यवस्था गरिएको हो ।
सूचनामा भनिएको छ-‘ काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुररबिरालो बिक्री वितरण गर्ने व्यक्ति र संस्थाले अनिवार्यरूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’





