
ललितपुर। ‘वर्षा र सहकालका देवता’ मानिने पद्यमपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ) लाई हिजो रथमा विराजमान गरिएको छ।
हरेक वर्ष बैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली पद्यमपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ) लाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई विराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।।
उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको को पद्यमपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ) रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।









