
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् ।वार्ता केहीबेरमा सुरु हुने बताइएको छ ।
यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन । शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।
मन्त्री रघुजी पन्तले छिटो भन्दा छिटो यो सहमति टुंग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ।
उनले भने, ‘हाम्रो छलफल जारी छ । अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । । हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले विश्वास लिएको छु ।
बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।





