
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् ।
पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।
उनीदिउँसो कास्कीको पोखराबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आइपुगेका हुन । ।



