काठमाडौं ।जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६।९ म्याग्निच्युडको भूकम्प गएको छ।
यसको असर थाइल्याण्डको राजधानी बैंककसम्म परेको बताइएको छ । भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू भवनबाट बाहिर निस्किएका थिए ।
बैंककमा प्रत्यक्षदर्शीहरूका अनुसार, मानिसहरू आतंकित हुँदै सडकमा निस्किए छन् ।
समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको र यसको स्थान २१.९० डिग्री उत्तर अक्षांश र ९५.६५ डिग्री पूर्व देशान्तरमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
क्षतिको पूर्ण विवरण भने आइसकेको छैन् ।




