
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
राजावादीहरुको आन्दोलन अराजक भएर आगजनीमा समेत उत्रिए पछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।







