
काठमाडौं । पनौती निवासी केशव थापाले १२औं स्पीड पावर अन्तर्राष्ट्रिय तेक्वाडोमा दुई स्वर्णपदक जितेका छन् ।
मलेशियामा भएको प्रतियोगितामा आइतबार थापाले पुम्से ४० वर्षमूनि सिनीयर ब्लाकवेल्ट र सोही उमेर समूहको स्पीड किकिँगमा स्वर्णपदक जितेका हुन् ।
यसैगरी अण्डर ११ वर्षको ब्लाकवेल्टमा आयुर ढकाल र सोही उमेर समूहको कलर पुम्सेमा दृश्यन्त लामिछानेले स्वर्णपदक प्राप्त गरे ।
५८ किलो मूनीको सिनीयर तर्फ रमेश सापकोटा,महिला ४१ केजी मूनीको समूहमा रिप्सना घिमिरे,नौ वर्षमूनी समूहमा जेमोस मगरले रजत पदक हात पारे ।


