
काठमाडौं ।अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई माउन्ट ग्लोरी इनटरनेसनल बोडिङ हाई स्कुल, बसुन्धरा, काठमाडौंले सम्मान गर्यो ।
नेपाली साहित्य सिर्जना र संस्थागत योगदानको लागि सो सम्मान प्रदान गरिएको हो ।
लेकालीलाई सो सम्मान पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले प्रदान गर्नु भएको हो ।
राष्ट्रिय नाचघरमा आयोजित स्कुलको वार्षिक अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमकहरु प्रस्तुत गरेका थिए ।
स्कुलका प्रमुख गणेश श्रेष्ठले कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल, लात्भियाका लागि अबैतनिक वाणिज्यदूत करण बैद्य,डा.गरिमा श्रेष्ठ,समाजसेवी लक्ष्मी शर्मा,सर्जक जीवन श्रेष्ठ तथा विभिन्न स्कुलका प्रमुख लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।





