काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.९१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३९ मा कायम भएको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो ।
८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो । यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६.८ र ४.३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो ।
बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशत बढे । विकास बैंक सेक्टर सबैभन्दा धेरै १.७४ प्रतिशत घट्यो । फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६, माइक्रोफाइनान्स ०.७९ प्रतिशत घटे ।




