
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
मुटु रोगबाट पीडित विमलको मंगलबार राति १२ः३० बजे जनकपुरमा निधन भएको थियो ।
थापाले सामाजिक सञ्जालमार्फत नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा अध्ययनमा विमलको योगदान अतुलनीय रहेको स्मरण गरेका छन् ।
“वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राज्ञिक व्यक्तित्व प्रा.डा. राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा अपूरणीय क्षति पुगेको छ,” उनले लेखेका छन्, “नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा–अध्ययनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ ।”

