
काठमाडौं।नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
आइतबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दैछ।
संसदमा दर्ता भएका विधेयक, अध्यादेश लगायतबारे संसदीय दलको एकै धारणासहित संसदमा प्रभावकारी उपस्थिति बनाउनेबारेबैठकमा छलफल हुने बताइएको छ।
यसअघि शनिबार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेको थियो।
छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सभापति देउवाले निर्देशन दिएका थिए।





