
काठमाडौं ।रामेछाप जिल्लाको सुनापति गाउँ पालिकामा रहेको हिले देवी वडा ३ रहेको सुनापतिथान मन्दिर, पर्यटकिय स्थल बन्न लालायित ! उर्गेन छोइलिङ पाँगा गुम्बा समेत रहेको, सुनपाती, पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य स्थल बन्न सकिने प्रशस्त संभावना बोकेको देखिन्छ,यस सुनापति गाउँ पालिकाको हिले देवी वार्डको सुनापति थान डाँडामा २८ फिट अग्लो शिवको मन्दिर निर्माणको कार्य पनि भै रहेको , सुनापति थान मन्दिर पुरानो प्रशिद्ध धार्मीक स्थल मानिन्छ।

यहाँ Hyolmo Community Homestay पनि राम्रो व्यवस्था छ। हामीले त्यहाँ दिउँसोको स्वादिलो खाना खायौँ, Homestay को तौर तरिका पनि हरेयौ, गुम्बा पनि हेरियो, रमाईलो लाग्यो। हामीले लहरे माने डाँडा पनि पुग्यौ, १०८ वटा माने डाँडा बनिरहेको र यस स्थान बाट गौरि शंकर हिमचूली सहित रमाईलो हिमालको मुस्कान र वरपरका गाउँहरूको पनि रमाइलो दृष्यावलोकन गर्नुका आनन्द बेजोड छ।यो माने डाँडा २३०० मीटरको ऊंचाईमा अवस्थित रहेछ।यस हिले देवीमा तामाङहरूको बाक्लो बसोबास र उनीहरूको आफ्नै मौलिक भाषा संस्कृति र भेषभुषा देख्न सकिन्छ। केही क्षेत्रि , बाहुन, मगर, नेवारहरूको पनि बसोवास रहेकाे छ। यहाँ सुन्तला, किवी, भण्टा, कागतीको रामो उत्पादन हुने गर्दछ |

केही उत्पादनका वस्तुहरू बनेपा , धुलिखेल, भक्तपुर, काठमाडौं सम्म पुग्दछ। सुनापतिको Hyolmo Community Homestay मा बेला बेलामा देशी विदेशी पर्यटक घुम्न जाने गरेका छन्,यस भेगमा पर्यटन प्रवद्र्धन गरेर जनाताको आय आर्जन बढावा दिन सकिने’ अवस्थामा रहेकाो देखिन्छ । यस तर्फ सम्बन्धित निकायले वार्ड, गाउँ पालिका , प्रदेश, संघिय सरकारले तदारुकताका साथपाईला चाल्न जरुरी छ, साथ साथ प्रचार प्रसारमा ध्यान दिनुपर्ने देखिन्छ। असाध्यै संभावना बोकेको छ ।

भक्तपुर वाट बस वा सुमो चढेर ५ , ६ घण्टामा आराम साथ पुग्न सकिन्छ। एकपटक सुनापतिमा घुमेर आनन्द लिने सोच बनाउनु होस्, आफ्नो देशको महत्वपूर्ण ऐतिहासिक, धार्मिक, साँस्कृतिक ठाउँमा पुग्दा रमाईलो महसूस हुन्छ। आफ्नो देशको महत्वपूर्ण ऐतिहासिक रमणीय ठाउँहरुको अवलोकन गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ।सबैले मनन् गरौं। सुनापतिमा पर्यटन प्रवर्द्धनमा होस् भनि कामना गर्दछु। जय सुनापति, सबैको जय होस्। घुमघामको लागि बिशेष सहयोगी समाजसेवी प्रताप मोक्तान जी, हस्त मोक्तान र अन्य साथीहरु प्रति आभार प्रकट गर्दछु।






