
काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्ने भएका छन्।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो क्वालिफायर-२ को खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २-१ गोलले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो।
क्वालिफायर-२ को खेलको ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्। जसका कारण खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा पुलिसकी गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दा आर्मीका लागि गोलकिपर अन्जना रानामगरले मात्र गोल गर्न सकिन्।
विमला विकको प्रहारलाई पुलिसकी गोलकिपर उषाले रोक्दै आफ्नो टोलीलाई जित दिलाइन् ।
अबको फाइनल खेलमा नेपाल प्रहरी र एपिएफ भिड्नेछन् ।

