काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
देशका केही भूभागमा आज वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको हो ।
हिजो (सोमबार)कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भन्ने पूर्वानुमान गरिए पनि धेरै वर्षा नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज वर्षा र हिमपातको सम्भावना रहेको हो ।




