
काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमाब्याटिङ गर्ने भएको छ।
बुधबार कीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
शीर्ष स्थानको जनकपुर र एक मात्रखेलमा पराजितभएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीचप्रतिस्पर्धा हुने छ ।
एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।
जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।







