
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
यसअघि बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण स्थगित भएको थियो।
आजको बैठक भने निर्धारित समयमा बस्ने उपाध्यक्ष सापकोटाले जानकारी दिए।

